विराटनगर : प्रदेश १ का पाँच दलीय गठबन्धनका सांसदहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका छन्। गठबन्धनका तर्फबाट सरकारमा दाबी गर्नका लागि दलहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका हुन्। आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ।बैठकबाट आचार्यले विश्वासको मत पाउने अवस्था छैन। उनले संसदमा सम्बोधनपछि राजीनामा दिने तयारी गरेको बताइएको छ।सोमबार साढे १२ बजे बस्ने भनिएको सभा बैठक यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन। आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आज