लकडाउनको समयमा वन फडानी तीव्र, तीनजना पक्राउ

विश्व नै यतिखेर कोरोना भाइरसवाट आक्रान्त बनेको बेला रौतहटका काठ तस्कर भने ज्यानको पर्वाह नगरी काठ चोरीमै सक्रिय भएका छन् । मुलुकभर सरकारले कोरोनाबाट बच्नका लागि जारी गरेको लकडाउनकै अबधिमा जिल्लाको विभिन्न स्थानमा तस्करहरुले ठूलो परिमाणमा काठ काटेको अवस्थामा डिभिजन वन कार्यालय रौतहटको टोलीले बरामद गरेको छ ।