सरकारले सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा पर्यटन क्षेत्रको ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आइतबार कार्ययोजना सार्वजनिक गरे ।