वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक : राष्ट्रपति भण्डारी

जेठ २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (जुन ५) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसंघको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ । प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको उल्लेख गरिएको सन्देशमा जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरूप ग्रहण गरिरहेको परिवेशमा हामी प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि ‘केवल एउटै पृथ्वी’ भन्ने मूल विषयमा आधारित भई यस वर्षको विश्वातावरण दिवस मनाइरहेका छौँ ।  हामीसँग पृथ्वीजस्तो सजीव ग्रह एउटै मात्र भएकाले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने कुरा आज प्रमुख चुनौतीको रूपमा रहेको बताइएको छ । सन्देशमा ‘वातावरण संरक्षणको क्षेत्रमा हामीले अन्तरराष्ट्रिय, राष्ट्रिय र स्थानीयस्तरमा विभिन्न नीति योजना तथा कार्यक्रमहरू निर्माण गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानून र संस्थागत संरचनाहरूसमेत निर्माण  गरेका छौँ । हाम्रा राष्ट्रिय प्रतिबद्धताहरू विभिन्न समयमा अभिव्यक्त भएका छन् ।  नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको छ, पानीका मूलहरू सुक्दै गइरहेका छन्,  हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छ । हाम्रोजस्तै अन्य पर्वतीय मुलुकहरूले भोग्नुपरेको संकटको प्रवृत्ति उस्तै छ भने टापु राष्ट्रहरूले सम्भावित अस्तित्वको संकट झेल्नु परिरहेको छ ।’ वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउनुका साथै शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक रहेको सन्देशमा भनिएको छ ।  त्यस्तै, सन्देशमा हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यासहरू कम गरेका खण्डमा सौर्यमण्डलको सजीव पिण्डका रूपमा रहेको हाम्रो पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोकिने र मानव अस्तित्व सहजरूपले चलिरहने आशा गर्न सकिने र यसका लागि नगण्य कार्बन उत्सर्जन गर्ने नेपालजस्ता पर्वतीय राष्ट्रले टापु राष्ट्रहरूको समेत साझा आवाज निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा जवाफदेहिता र ठोस प्रतिबद्धताको अभियान चलाउन अत्यावश्यक भइसकेको छ ।  साथै वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले हासिल गरेका उपलब्धिलाई सुदृढ गर्नुका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा उठान गरेका विषय र व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आजको दिनले थप उत्प्रेरणा दिनेछ भन्ने विश्स लिएको सन्देशमा उल्लेख गरिएको छ ।  राष्ट्रपति भण्डारीले वातावरण संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा संलग्न संघीय वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकासमा संलग्न मन्त्रालयहरू, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा अंगहरू, स्थानीय समुदाय, विकास साझेदार एवम् सम्बद्ध सबैलाई धन्यवाद दिँदै पृथ्वीको रक्षा गर्ने महान् लक्ष्यमा निरन्तर अघि बढ्न सबैमा आग्रह गर्नुभएको छ । रासस

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी बुटवलमा

रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल पुगेकी हुन्।...

राष्ट्रपति भण्डारी बुटवलमा

काठमाडौँ,७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल आइपुगेकि छन् । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकि हो । राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरे […]

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमण गरी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी शनिबार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएकी हुन्।...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारी शनिवार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका हुन् ।  आइसल्याण्ड भ्रमणमा रहेकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

बालेनको निशानामा राष्ट्रपति भण्डारी पनि

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निशानामा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत परेकी छन्। छोटो अवधि राष्ट्रपति भण्डारी सांसद बनेको काठमाडौँ क्षेत्र नम्बर २ को एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले आफ्नै क्षेत्रको समस्या ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन भन्दै प्रश्न गरेका छन्। उनले राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री माधव […]

बडिमालिका दर्शन गर्न राष्ट्रपति भण्डारी बाजुरामा

काठमाडौं, जेठ १८ । राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको प्रसिद्व शक्तिपिठ बडिमालिका पुगेकी छन् । बडिमालिका दर्शनका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी हुन्। अनौपचारिक भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी मंगलबार काठमाडौंबाट सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन्। उनले हिजो दिउँसो सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन्। राष्ट्रपति भण्डारी भ्रमण सकेर आजै […]

हेलिकप्टर चडेर पोखरा पुगीन् राष्ट्रपति भण्डारी

काठमाडौं, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन् । न्यायीक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज (सोमबार) पोखरा पुगेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा गएकी राष्ट्रपति भण्डारी सम्मेलनको उद्घाटन गरेर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ । Filephoto

रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी महोत्तरी जाँदै

काठमाडौं, मङ्सिर ६ । मटिहानीमा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरी जाने भएकी छन् । मटिहानी नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको उदघाटन गर्न राष्ट्रपति भण्डारी अहिले १० बजे त्यसतर्फ जान लागकी हुन् । राष्ट्रपति भण्डारी सवार हेलिकप्टर जलेश्वरको परिकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा ल्याण्ड गरिने छ । राष्ट्रपति भण्डारी सर्वप्रथम मटिहानी मठमा […]

राष्ट्रपति भण्डारी रिफ्रेसमेन्टका लागि रात बस्दै चन्द्रागिरीमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी परिवारसहित चन्द्रागिरी रिसोर्ट पुगे‍की छिन्। छोरीज्वाइँसहितलाई लिएर सोमबार दिउँसो २ बजे राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्ट पुगेको स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारी मंगलबार  दिवाखाना खाएर त्यहाँबाट फर्कने कार्यक्रम छ। राष्ट्रपति भण्डारी रिफ्रेसमेन्टका लागि चन्द्रागिरि रिसोर्ट पुगेकी हुन्।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको […] The post राष्ट्रपति भण्डारी स्वदेश फिर्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.