ओली अल्टिमेटमको समय सकियो, माधव पक्षले गरेन हस्ताक्षर फिर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका २३ सांसदले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटमको समय सकिएको छ । अध्यक्ष ओलीले असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए ।शुक्रबार बालुवाटारमा बसेको ओली पक्षीय बैठकलाई सम्बोधन गदै अध्यक्ष ओलीले आफ्नो पार्टीका नेताको नेतृत्वको सरकारविरुद्ध विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिनेहरु एमाल