असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक/पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्रीले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त […]

सम्बन्धित सामग्री

बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास गर्न प्रधानमन्त्रीको दिर्नेशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने- बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास गर्ने गरी काम गर्न

बुढीगण्डकी आयोजनाको पनि मैले नै शिलान्यास गर्छु : प्रचण्ड

३ साउन, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने बताएका छन् । बुधबार बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन गर्दै उनले आफ्नै पालामा आयोजनाको शिलान्यास हुने बताएका हुन् । ‘पहिले जस्तो देशभर के के आयोजनाको उद्घाटन र शिलन्यास भए तर काम केही भएन यो पनि त्यस्तै हुने हो कि […]

बुढीगण्डकी परियोजनाको शिलान्यास यसै महिना हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी परियोजनाको शिलान्यास असारभित्रै हुने बताएका छन् ।  आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमाथि उठेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसै महिना कार्यालय स्थापना र परियोजनको शिलान्यास हुने जानकारी प्रतिनिधिसभा बैठकमा गराएका हुन् ।

बुढीगण्डकी जलाशययुक्त आयोजनाको शिलान्यास असारभित्र

राष्ट्रिय गौरवको जलाशययुक्त जलविद्युत आयोजना असार भित्र शिलान्यास गर्ने प्रधानमन्त्री पुष्पकमल दहालले बताएका छन् । धादिङको गजुरी गाँउपालिकाको गजुरी बजार स्थित आर्दश बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलाशययुक्त आयोजना कार्यालय उद्घाटन र जलविद्युत आयोजनाको शिलान्यास गर्ने तयारी रहेको बताएका हुन् । आफुले अहिले गोरखाबाट प्रतिनिधित्व गरेको र धादिङसँग पनि […]

पूर्वतयारीको काम नसकिँदै बुढीगण्डकी शिलान्यास गर्ने प्रधानमन्त्रीको घोषणा

लगानीको मोडेल तथा निर्माण पूर्वतयारीको काम नसकिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना असारभित्रै शिलान्यास गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार धादिङको गजुरीस्थित आदर्श बहुमुखी...

बुढीगण्डकी आयोजनाको शिलान्यास असारभित्रै : प्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ । धादिङबाट प्रतिनिधित्व गर्नुहुने सांसद रामनाथ अधिकारीले प्रधानमन्त्रीले निर्वाचित भएपछि आफूहरूसँग यसै वर्ष बुढीगण्डकी परियोजना शिलान्यास हुने बताउनुभएको स्मरण गराउँदै ‘शिलान्यास कहिले हुन्छ ?’ भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री प्रचण्डले असार महिनामा नै कार्यालय उद्घाटन र जलविद्यत् आयोजनाको शिलान्यास हुने बताउनुभयो । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिनुभयो ।