एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीलाई बधाई दिएका छन् । गुल्मी–१ बाट भण्डारीसँग पराजित भएपछि ज्ञवालीले आफ्नो जिल्लावासीहरुको सेवामा समर्पित हुने बताए ।वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि गुल्मीबासीको प्रतिनिधिका रुपमा दुःख र सुखका हरेक पलमा साथमा दिने बताए । यस्तै उनले प्रतिकूल परिणामको जिम्मेवारी आफ्नो काँधमा रहेको पनि बताए । ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा