विद्युतीय यातायात सञ्चालन गर्न ५० करोड बजेट

काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशभित्र विद्युतीय बस सेवा सञ्चालन गर्न ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। प्रदेश सरकारले केन्द्र सरकारको लगानीमा प्रदेशभित्र विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको हो। यसका लागि चाहिने पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले उक्त रकम छुट्याएको हो।