सन्तोष दिलाए बागमतीलाई पहिलो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेशका सन्तोष श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार विभागिय टोलीको दबदबाकाबीच सन्तोषले बागमतीका लागि पहिलो स्वर्ण पदक जितेका हुन् । सन्तोषले फाइनलमा सुदूरपश्चिमका रोशन भाटलाई १०–२ ले हराएका हुन् । […]