बजेट अभावले सुदूरपश्चिममा जनता आवास कार्यक्रम अलपत्र

१८ माघ, धनगढी । सुदूरपश्चिममा संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको जनता आवास कार्यक्रम अलपत्र परेको छ । कार्यक्रम कार्यान्वयनको जिम्मा पाएको शहरी विकास तथा भवन कार्यालय धनगढीले प्रदेश सरकारले पर्याप्त बजेट नपठाएपछि जनता आवास कार्यक्रम कार्यान्वयनमा लैजान सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा कैलालीमा ४६० र कञ्चनपुरमा ५७५ गरी जम्मा एक हजार ३५ […]

सम्बन्धित सामग्री

जनता आवास कार्यक्रम : वाग्मती प्रदेशमा बने एघार सय ४० घर

हेटौंडा : चालु आर्थिक वर्ष २०७९/८० मा वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत १ हजार १४० घर निर्माण गरेको छ। सरकारले कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा कुल दुई हजार २ सय ७५ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो। यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/७७ मा…

जनता आवास कार्यक्रम : सुदूरपश्चिमका ४ जिल्लामा १ हजार ४ वटा घर निर्माण

डाेटी – जनता आवास कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका चार वटा जिल्लामा एक हजार चार वटा घर निर्माण भएका छन् । भौतिक पूर्वाधार मन्त्रालय सुदूरपश्चिम प्रदेशको ११ करोड ४७ लाख रुपैयाँभन्दा बढीकाे लगानीमा घरहरू निर्माण भएका हुन् । सुदूरपश्चिममा २०७४ सालदेखि जनता आवास कार्यक्रम लागू भएको थियो । सहरी विकास तथा भवन कार्यालय दिपायल, राजपुरअन्तर्गत सुदूरपश्चिमका पहाडी जिल्लाहरू डोटी, डडेल्धुरा,अछाम र बाजुरामा घरहरू निर्माण भएका हुन् । सरकारले घरवासविहीन दलित समुदायका लागि घरहरू निर्माण गरेको थियो...

जनता आवास कार्यक्रम : दलित बस्तीमा कन्तबिजोग

रौतहट : जनता आवास कार्यक्रमको नाममा जताततै जनता रुवाउने काम भएको पाइएको छ। दलित तथा विपन्नलाई सुविधा सम्पन्न आवास दिने सरकारको जनता आवास योजनाका कारण रौतहटका दर्जनौँ दलित परिवार बिचल्ली बनाएको हो।जनता आवास कार्यक्रम अन्तर्गत ५ वर्ष पहिला बनाउन सुरु गरेका घरको काम हालसम्म सम्पन्न नभएका कारण सो बस्तीका २२ घर परिवारको बिचल्ली भएको हो।रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ९ खोरिया टोलका २२ घर परिवारलाई जनता आवास कार्यक्रमले बिचल्ली बनाएको पाइएको छ। जनता आवास कार्यक्रमले गाउँमा पक्की घर बनाइदिने भएप

जनता आवास कार्यक्रम प्रभावित

जनकपुर–जनता आवास भवनको लाभग्राही सूचीमा आफ्नो पनि नाम परेको सुनेपछि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका– १ का सुरज मरिक डुमको खुसीको सीमा नै थिएन् । सप्तकोशी नदीको छेउमा रहेको कोशी पोजेक्टको बाँधमा छाप्रो हालेर वर्षाैदेखि पाँच जनाको परिवारसहित बस्दै आएका मरिकलाई पक्की घरको मालिक बन्ने भएपछि खुसीले गदगद बनायो । जनता आवासको घर बनाउने जग्गा नपाउँदा […]

‘गलाको पासो’ बन्दै जनता आवास कार्यक्रम

म्याग्दी, असार ३१ । जनता आवास कार्यक्रमबाट घर बनाएकी बेनी नगरपालिका–५ पुलाचौरकी टीकाकुमारी सार्कीको थाप्लोमा ऋण थुपारिएको छ। घर बनाइसके पनि सार्की अन्तिम भुक्तानी नपाउँदा समस्यामा परेकी हुन्। उनले सरकारले थोपरिदिएको ऋण चुक्ता गर्न नसक्ने अवस्थामा रहेको बताइन्। सार्कीसँगै पुलाचौरकै सर्वे दमाई पनि घर निर्माणका क्रममा ऋणमा डुबेका छन्। अनुदानको आसमा घर निर्माण सके पनि […]

जनता आवास कार्यक्रम प्रभावित

लहान / दलित, भूमिहीन, सुकुम्बासी परिवारको भवन निर्माणका लागि चाहिने जग्गा स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा सिरहा र सप्तरीमा जनता आवास कार्यक्रम प्रभावित भएको छ । सरकारले जनता आवास कार्यक्रमका माध्यमबाट भूमिहीन, सुकुम्बासी, दलित परिवारका लागि आवास भवन बनाउन लागे पनि भवन निर्माणका लागि चाहिने जग्गा व्यवस्थापन नहुँदा भवन कुन ठाउँमा भने अन्योल बढेको हो... The post जनता आवास कार्यक्रम प्रभावित appeared first on Purbeli News.

जनता आवास कार्यक्रम : प्रदेश मातहत आएपछि पर्सामा पहिलोपटक घर बनाउन सुरु

१७ पुस, वीरगञ्ज । पर्सामा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत घर बनाउन थालिएको छ । जनता आवास कार्यक्रम प्रदेश सरकारको मातहतमा आएपछि पर्सामा पहिलोपटक घर बनाउन लागिएको हो । बहुदरमाई नगरपालिका-२ पिप्रामा बनाइने घरको शुक्रबार शिलान्यास गरिएको छ । जनता आवास कार्यक्रम पर्साका संयोजक प्रदेश सभा सदस्य रमेश पटेलले शिलान्यास गरेका हुन् । पिप्रा टोलमा तीन […]

स्याङ्जामा जनता आवास कार्यक्रम सुरु

खरको छानो विस्थापन गर्ने उद्देश्यले स्याङ्जामा पहिलोपटक जनता आवास कार्यक्रम सुरु भएको छ । जिल्लाको वालिङ

जनता आवास कार्यक्रम अन्योल

बजेट अभावमा जिल्लामा सञ्चालित जनता आवास कार्यक्रम अन्योलमा परेको छ । जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्नुपर्ने भए पनि सरकारले रकम नपठाए पछि कार्यक्रम अन्योलमा परेको हो ।