चुनावका कारण पर्वत जिल्ला अदालतको सेवा प्रभावित, सेवाग्राहीलाई सास्ती

पर्वत। पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाकी लक्ष्मी घर्ती कात्तिक २० गते आइतवार पर्वत जिल्ला अदालत आउनुभयो । उहाँ २०७६ सालमा दर्ता गरेको जालसाजी मुद्दाको पेसी सुनुवाइ हुने गरी तारेख तोकिएपछि अदालतमा आउनुभएको थियो तर अदालतले त्यस दिन पेसी स्थगित भएको सूचना दिएर घर फर्कायो । घर्तीले २०७६ फागुनमा दर्ता गरेको जालसाजी मुद्दा अहिलेसम्म […]