कर्णालीका पूर्व मुख्यमन्त्री शाहीले सर्वसाधारणलाई लगाइदिए दसैंको टीका

सिमकोट – कर्णाली प्रदेश सरकार पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले बिजयादशमीको सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका छन् । कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका शाहीले टीकाको साइतमै घरपरिवारका सदस्य र सर्वसाधारणहरुलाई दसैंको टीका लगाइदिएका हुन् । केही वर्षपछि शाहीले जिल्लामा दसैं मनाउनका साथै सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । उनले सदरमुकाम सिमकोटस्थित आफ्नै घरमा दसैंको टीका लगाइदिएका हुन् । […]