पर्वत : गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबल खेल तनहुँ जिल्लामा आयोजना गर्न तनहुँवासीले माग गरेका छन्।प्रतियोगिताको खेल तालिका प्रकाशन गर्दा तनहुँमा कुनै पनि खेल नपरेपछि उनीहरूले यस्तो माग गरेका हुन्। खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दा पनि तनहुँमा खेल नपरेकोमा उनीहरूको गुनासो छ। यस्तो गुनासो आएपछि सोमबार खेल मैदान व्यवस्थापन उपसमिति संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका राजेशकुमार गुर