स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा जसपा प्रदेश सांसद यादव निष्कासित

जनकपुरधाम – स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टीले प्रदेश सांसदलाई निष्कासन गरेको छ। महोत्तरी जिल्ला कार्यसम्पादन समितिले प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासनको गरेको हो। आइतबार बसेको बैठकले यादवलाई निष्कासन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्। उनीसँगै पार्टीले संघीय शिक्षक फोरमका अध्यक्ष […]