विश्वको आठौं अग्लो हिमाल मनास्लुको आरोहण सकेर स्की गर्दै फर्कने क्रममा बेपत्ता भएकी चर्चित अमेरिकी पर्वतारोही हिलारी नेल्सन दुई दिनपछि मृत अवस्थामा फेला परेकी छन् । १५ वर्षदेखिका स्की सहयात्री जीम मोरिसनसँग ४९ वर्षीया हिलारी मनास्लु आरोहण सकेर फर्किने क्रममा सोमबार बिहान हिमखाडलमा खसेकी थिइन् ।