अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।...

सम्बन्धित सामग्री

सीता दाहालमा कोरोना पुष्टि, आईसीयूमा उपचार हुँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ । हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । ‘उहाँमा अस्ति कोरोना देखियो, स्वास्थ्यमा पनि समस्या देखिएपछि मेडिसिटीमा भर्ना गरिएको छ’, सचिवालय स्रोतले भन्यो, ‘आईसीयूमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’केही साताअघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो । प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोनामुक्त भएका छन् । प्रचण्डको नीजि सचिवालयका अनुसार पछिल्लो पटक आइतबार बिहान गरेको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको हो । यसअघि गत पुस २४ गते गरेको परीक्षणमा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणपछि आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो’, खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’ यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ लगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि

माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा !’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भइरहेको छ । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेललगायतमा पनि संक्रमण पुष्टि भइसकेको छ ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिच बालकोटमा भेटवार्ता भएको छ। माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। ४७६ दिनपछि नेपाली रेलको इनर्वादेखि कुर्थासम्म सफल परीक्षण गरिएको छ। थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सरकारले माघदेखि ‘बुस्टर डोज’ दिने भएको छ। मनाङले च्यासललाई ५–० गोलअन्तरले पराजित गरेको छ।