अन्तिम बलमा शरदले छक्का प्रहार गर्दै गरे खेल बराबरी

काठमाडौं- एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटअन्तर्गत बिहीबार ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीच भएको खेल बराबरीमा सकिएको छ। अन्तिम बलमा भैरहवाका कप्तान शरद भेषावकरले छक्का प्रहार गर्दै खेल बराबरी गरेको थिए। एक सय ७८ रनको लक्ष्य पाएको भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ७७ रन नै जोडेको हो। शरदले आफुले सामना गरेको पहिलो बलमै […]

सम्बन्धित सामग्री

इन्टरविरुद्ध रोमाको पुनरागमन

एक गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमाले इन्टर मिलानलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको सिरिए ए अन्तरगतको खेलमा रोमा २–१ गोलले विजयी भएको हो ।खेलको पहिलो हाफमा फेडेरिको डिमार्कियोले इन्टरलाई अग्रता दिलाएका थिए । तर नौ मिनेटपछि नै पाउलो डिबालाले खेल बराबरी गरे । दोस्रो हाफको ७८ औँ मिनेटमा क्रिस स्मालिङले गोल गर्दै रोमाको पुनरागमन पुरा गरे । रोमाले सन् २०१७ को फ्रेबुअरी यता पहिलोपटक इन्टरलाई हराएको हो । जीतसँगै रोमा लिगको चौथो स्थानमा उक्लिएको छ । इन्टर भने स

बार्साको च्याम्पियन्स लिगमा स्थान पक्का

जोर्डी अल्बाले इन्जुरी समयमा गरेको गोलको मद्दतले बार्सिलोनाले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । अल्बाको गोलको मद्दतले बार्सिलोनाले रियल बेटिसमाथि २-१ को सङ्घर्षपूर्ण जित निकाल्यो ।खेलको ७६ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, लगत्तै मार्क बार्ट्राले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै अल्बाले बार्सालाई महत्त्वपूर्ण ३ अंक दिलाए । ३५ खेलबाट बार्सिलोनाको ६९ अंक रहेको छ । टोली लिगको दोस्रो स्थानमा रहेको छ ।

लेवान्डोस्कीको गोल वर्षा जारी तर रोकियो बायर्न

रोबर्ट लेवान्डोस्कीले यो सिजन बुन्डेस लिगका २६ खेलमा २९ औँ गोल गरे पनि बायर्न म्युनिख पाँचौ स्थानमा रहेको होफनहायमसँग बराबरी खेल्न बाध्य भएको छ ।क्रिस्टोफर बौमगार्टनरले खेलको ३२ औँ मिनेटमा गोल गर्दै होफनहायमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै खेल बराबरी गरे । उता, थोमस मुलरको दुईवटा गोल रद्द गरिए पछि बायर्न जीतबाट भने वञ्चित रह्यो । २६ खेलपछि बायर्न दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डभन्दा १० अंकले अघि रहेको छ । बायर्नको ६० अंक रहेको छ भने दुई

सिटीमाथि स्पर्सको नाटकीय जीत

ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि साबिक विजेता म्यानचेस्टर सिटी टोटनहम हटस्पर्ससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा स्पर्स ३-२ गोलले विजयी भएको हो ।खेलमा डेजान कुलुभेस्कीले स्पर्सलाई चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । तर ३३ औँ मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा केनले पुनः सिटीलाई अग्रता दिलाए । स्पर्स जीततर्फ अघि बढिरहेका बेला इन्जुरी समयमा सिटीले पेनाल्टी पायो । जसलाई रियाद महारेजले गोलमा परिणत गरे ।तर, ९५ औँ मिनेटमा केनले गोल गर्दै स्पर्सलाई जीत दिलाए

आर्मी र एपीएफबीचको खेल बराबरी

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ ।   त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्

हालान्ड र लेवान्डोस्कीको गोलवर्षा जारी

अर्लिङ ब्राउट हालान्डको दुई गोलको मद्दतले तीनपटक गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया डर्टमन्डले बायर लेभरक्युजनविरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको छ । खेलको सुरुवातमा नै फ्लोरियन विर्टजले लेभरक्युजनलाई अग्रता दिलाए पनि हालान्डले ३७ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको इन्जुरी समयमा प्याट्रिक शिकको गोलको मद्दतले लेभरक्युजनले पुनः अग्रता लियो ।दोस्रो हाफमा जुलियन ब्रान्डिटले पुनः बराबरी गोल फर्काए पनि मोउसा डियाबीले लेभरक्युजनका लागि तेस्रो गोल गरे ।

प्रिमियर लिगमा चेल्सी र लिभरपुलबीच बराबरी

इंलिस प्रिमियर लिग फुटबलमा शनिबार चेल्सी र लिभरपुलले एक एक गोलको बराबरी खेलेका छ । काई ह्याभट्र्जले चेल्सीलाई खेलको २२ औं मिनेटमै अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा चेल्सीका रिस जेम्स रातो कार्ड खाँदै बाहिरिए । र, मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएपनि चेल्सीले केही राम्रा मुभ बनायो । रोमेलु लुकाकुले चेल्सीको अग्रता दोब्बर पार्ने राम्रो अवसर पाएका थिए । तर एन्डी रोबर्टसनले बल क्लियर गरे । प्रिमियर लिगमा तेस्रो

यूरोकप समूह बी : अन्तिम खेलमा यस्तो छ अंक गणित

युरोकप फुटबलअन्तर्गत समूह बीको खेलमा आज सेन्ट पिटर्सवर्गमा बेल्जियम र फिनल्यान्ड तथा कोपेनहेगनमा रुस र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ मा हुनेछन् ।यस समूहबाट बेल्जियम दोस्रो चरणका लागि छनोट हुने निश्चित छ । समूहमा शीर्ष स्थान हासिल गर्ने हो भने बेल्जियमले खेल बराबरी गरे पुग्छ । बाँकी को–को छनोट हुन्छन् भन्ने तय हुन बाँकी छ ।रुस भर्सेस डेनमार्कयस खेलमा रुस विजयी भए डेनमार्क स्वतः प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिनेछ । त्यस्तै, यो खेल

चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

काठमाडौं। धनगढी एफसीले आज एफसी चितवनलाई ३-० ले पराजित गर्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीका निशान लिम्बुले ६४औं, ओलावाले आफिजले ६९औं र बुद्धबल तामाङले ८०औं मिनेटमा गोल गरे। धनगढीले चार खेलबाट सात अंक जोडेको छ। चितवनको भने यो पहिलो हार हो। यसअघि चितवनले दुई खेल बराबरी खेलेको थियो। चितवन लिगको पुछारमा छ।

रोमाञ्चक खेलमा लिभरपुललाई हराउँदै युनाइटेड एफए कपको पाँचौ चरणमा

ब्रुनो फर्नान्डेजले खेलमो ७८ औँ मिनेटमा फ्रिककबाट उत्कृष्ट गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले लिभरपुलमाथि एफए कपमा ३–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । मोहम्मद शलाहले खेलको १८ औँ मिनेटमा लिभरपुललाई अग्रता दिलाए । तर मेसन ग्रिनवुडले खेल बराबरी गरे ।दोस्रो हाफको सुरुवातमा नै मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिलाए पनि १० मिनेटपछि सलाहले पुनः खेल बराबरी गरे ।फाबिन्होले एडिन्सन कभानीलाई लडाएपछि युनाइटेडले फ्रिकिक पायो जसलाई बेन्चबाट मैदानमा प्रवेश