गोरखा–२ (क)का राप्रपा उमेदवार माओवादी प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा (क)का उमेदवार सुबोध बस्नेत नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।  प्रदेशसभामा प्रत्यक्षतर्फबाट उमेदवारी दिएका बस्नेतले उमेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादी प्रवेश गरेका हुन् ।  उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन आफू लागिपर्ने समेत बताएका छन् ।