सिद्धबाबालाई थप सात दिन हिरासत, फेरि लगियो नर्सिङ होम नै

विराटनगर : बलात्कारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट तेस्रो पटक समय लिएको हो। अनुसन्धान नसकिएको भन्दै प्रहरीले पुनः म्याद थपको लागि सरकारी वकिल कार्यालय मार्फत् म्याद