मुस्लिम आयोगका अध्यक्ष अन्सारीद्वारा बङ्गलादेशका प्रधानमन्त्रीसँग भेट

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट गर्नुभएको छ । बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका क्रममा बङ्गलादेश पुग्नुभएका अध्यक्ष अन्सारीले सोमबार प्रधानमन्त्री हसिनासँग भेट गर्नुभएको हो । प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय र आपसी हितका सम्बन्धका विषयमा छलफल भएको मुस्लिम आयोगले जनाएको छ । भेटमा अध्यक्ष अन्सारीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको …