वीर सहिदको सम्झना

सर्वप्रथम आफ्नो मातृभूमि बचाउन अङ्ग्रेजसँग युद्ध गर्दा आफ्नो ज्यानको आहुति दिएर सहादत प्राप्त गर्नु हुने देशभक्त अमर सहिदप्रति सलाम गर्दछौँ । त्यसका साथै साथै राणाशासन विरुद्ध आफ्नो फौज खडा गरी विद्रोह गर्न तयार हुनुभएका प्रथम सहिद लखन थापा तथा पञ्चायती शासन विरुद्ध जीवन आहुति दिने, जेलनेल खाने सम्पूर्ण सहिदप्रति सलाम गर्दछौँ । एवम् प्रकारले राष्ट्र, राष्ट्रियताको लागि जीउज्यानको आहुति दिने महान सहिदलाई स्मरण गर्दै उहाँहरूले देखाएको बाटोमा अघि बढ्ने प्रण गर्दै सलाम गर्दछौ । पृथ्वनारायण शाहले वि.सं. १८०१ देखि १८२७ सम्म ससाना राज्यमा विभाजित राज्यलाई जित्दै एकीकृत नेपाल बनाए । १८३१ मा उहाँको निधन भयो । त्यसपछि अरू राजाहरूले बाइसे÷चौबिसे राज्यलाई एकीकृत नेपाल राज्यमा मिलाउँदै गए । पृथ्वीनारायण शाहको पालामा नेपाल राज्य ८०० माइल लामो थियो । पूर्वमा सिक्किम, पश्चिममा सतलज, उत्तरमा हिमालय दक्षिणमा गोरखपुरसम्म नेपाल मानिन्थ्यो । यो विशाल नेपालको एकीकरण देखेर भारतमा शासन गरिरहेको साम्राज्यवादी शक्ति इस्ट इन्डिया कम्पनीको चिन्ता बढेर गयो । इस्ट इन्डिया कम्पनीका जनरल हेस्टिङ्सले नेपालमाथि सन् १८१४, वि.सं.१८७१ मा विधिवत युद्धको घोषणा गरेर पूर्वमा सिक्किम, पश्चिममा सतलज, दक्षिण गोरखपुरमा अत्याधुनिक हतियारसहित अङ्ग्रेज फौज तयार गरे । नेपालको तर्फबाट नालापानी किल्लामा बलभद्र कुँवर, देउथलमा भक्ति थापा, पश्चिम क्षेत्रमा अमरसिंह थापा, साथै अन्य क्षेत्रमा पनि फौज तयार गरिएको थियो । नेपाली फौजसँग कुनै अत्याधुनिक हतियार थिएनन् । टोप, खुकुरी, भाला, धनुषवाणबाहेक केही थिएन । अङ्ग्रेजसँग नालापानीमा घमासान युद्ध भयो । नेपाली सेनाका कमान्डर बलभद्र कुँवरसँग ६०० सेना रहेका थिए । युद्धमा नेपाली फौजले अङ्ग्रेज कमान्डर जेलेस्पी एलिसलाई बाण हानेर मारिदिए । त्यतिखेर ६५० सिपाही मारिए । अङ्ग्रेज फौजले नेपाली फौजसँग लड्न नसक्ने देखेर कूटनीतिक तरिकाबाट नालापानी किल्लाको पानीको मुहान काटिदिए । पानी खान नपाएर गोर्खाली फौजका ५३० जनाको मृत्यु भयो । छ दिनसम्म लगातार युद्ध चलेको थियो त्यतिखेर । अङ्ग्रेजले वीर सत्रु बलभद्र कुँवर र गोर्खालीको स्मृतिमा शिलालेख स्थापना गरे । यो युद्ध नेपालीका लागि अविश्मरणीय रहेको छ । त्यसैगरी, देउठल ...

सम्बन्धित सामग्री

यो माटोमा मनलाई मिसाएर…

यो माटोमा मनलाई मिसाएर गयौ वीर भएर यो संसारलाई चिनाएर गयौ . खुसी हुन्छ मन देशभक्तिको कथा सुन्दा सुनिरहुँ लाग्छ हाँस्दै देशको लागि प्राण आहुति दिएको कथा । सम्झना आउँछ देशको लागि लडाई गरेका क्षणहरू हृदयको महासागर बसेका छन् तस्बिरहरू मनमा देशभक्तिको भावना बिसाएर गयौ नेपाली मनमा बास गरेर गयौ । शब्दले बयान गर्न सकिँदैन …

अफिस नआउने पाँच जना स्टाफ नर्सलाई वीर अस्पतालले निकाल्यो

काठमाडौँ- वीर अस्पताल तथा कोभिड-१९ केन्द्रीय अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवामुक्त गरेको छ । स्टाफ नर्स पाँचौ तहकी सम्झना श्रेष्ठ, सुशिला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवामुक्त गरिएको अस्पतालले  सूचना गरी जानकारी दिएको छ । पाँचै जना नर्सलाई पटक-पटक सूचना जारी गर्दा पनि हाजिरीका लागि उप...

कांग्रेस बाँकेको पूण्य कर्म, मानव सेवा आश्रममा खुवायो खाना

कांग्रेस बाँकेले राष्ट्रिय शहीद दिवसको अवसरमा वीर शहीदहरुको सम्झना गर्दै आज नेपालगञ्ज–१० आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको छ।

कांग्रेस बाँकेको पूण्य कर्म, मानव सेवा आश्रममा खुवायो खाना

कांग्रेस बाँकेले राष्ट्रिय शहीद दिवसको अवसरमा वीर शहीदहरुको सम्झना गर्दै आज नेपालगञ्ज–१० आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको छ।

निर्माता तथा छायांकार भीमको निधन

काठमाडौं– फिल्म निर्माता तथा छायांकार भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । झण्डै एक महिनादेखि कोरोनाको संक्रमणसँग जुधिरहेका ५८ वर्षीय रानाको मंगलबार बिहान निधन भएको हो । राना फिल्म ‘माइली’को निर्मातासमेत थिए । उनले फिल्म ‘माया प्रीति’मा अभिनय गरेका थिए । भीम ‘वीर गणेशमान’, ‘भगवान’, ‘सम्झना’, ‘निशाना’ ‘अपहरण’, ‘राज्य’ जस्ता फिल्मका छायांकार पनि थिए […]

लण्डनमा भिक्टोरिया क्रस पाएका गोर्खालीहरूको सम्झनामा कार्यक्रम

लण्डन । गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले ११ औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । लण्डनस्थित फेल्थामको कम्युनिटी कलेजको फुटबल मैदानमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिगमनबिरुद्ध कोरियामा प्रदर्शन

राजु श्रीकोरिया । नेकपाको प्रचण्ड–माधव समुहनिकट प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले कोरियाको बुसान शहरमा प्रतिगमनबिरुद्ध बिरोध कार्यक्रम आयोजना गरेको छ । फागुन १ गतेका दिन बुसान क्षेत्रले २६ औँ ऐतिहासिक जनयुद्द दिवसको उपलक्ष्य पारेर शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निमित्त शाहादत दिने वीर शहीदहरुको सम्झना गर्दै शुरु भएको कार्यक्रम प्रतिगमनका बिरुद्ध र्याली निकालेर समापन भएको थियो ।कार्यक्रमका सम्पूर्ण वक्ताहरुले जनयुद्ध

महाबौद्धको भिकारी, जसको मृत्युमा टोल नै रोयो

काठमाडौं सम्झना काठमाडौं वीर अस्पतालको पश्चिमतिर महाबौद्ध टोल छ। यो ठाउँलाई ‘महा बु बहा’ भन्ने स्थानीय चलन थियो। अझ अपभ्रंस हुँदै कसैकसैले त ‘महा भूत’ पनि भन्थे। नाम जे भए पनि यो एक बुद्ध बिहार हो। यहाँको बुद्ध चैत्य स्वयम्भू जस्तै देखिन्छ। ढुंगाले बनेको चार कुना वैठकमाथि इँटाले बनेको ठूलो गुम्बज स्वयम्भू जस्तै प्रतीत हुन्छ।…

असनको साँढे

काठमाडौं सम्झना–१ आजभोलि गर्दागर्दै ८० वटा वसन्तको स्पर्सले फुलेका केश कोरीकाँगियो गर्दै सेतोपाटीमा रगड्ने प्रयत्न गर्दैछु। काठमाडौंलाई सेतोपाटीमा कोर्न हौस्याउँदै छन्, मित्र सुदीप श्रेष्ठ। काठमाडौं वीर अस्पतालको पश्चिममा अवस्थित महाबौद्ध चैत्यको पश्चिमी पाटोमा खुलेका बुद्धका आँखा सधैं आँखै सामुन्ने पर्थ्यो मेरो घरको झ्यालबाट बाहिर हेर्दा। ब्लक नम्बर १०/४३९ को त्यो घरको अहिले कुनै अस्तित्व बाँकी…