बाराका छठ घाटमा आचारसंहिता विपरीत चुनावी ब्यानर

बारा- निर्वाचन आचारसंहिता विपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका- १ स्थित रामजानकी मन्दिर छठघाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारले छठ घाटमा चुनावी ब्यानर लगाएपछि विरोध हुन थालेको छ । मतदातालाई प्रभावित पार्ने गरी उम्मेदवार वा दलको कार्यालयबाहेक अन्य स्थानमा फ्लेक्स, डिजिटल […]