भूकम्पपीडितको आँगनमा आएन तिहार, त्रिपालमुनि बस्दै आएकाहरूलाई बसोबासको पिरलो

त्रिवेणी (रुकुमपश्चिम) । जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौं घरबारविहिन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया भूमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजूको समेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पूर्ण गाउँमा मृत्यु भएको थियो । उनीहरू बिरामी माइजूलाई भेट्न त्यहाँसम्म पुगेका थिए ।  यता आठबीसकोट नगरपालिका–१३, हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठूलो ब्रजपात परेको छ । आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदैछ, उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ । यतिबेला धेरै ठाउँमा तिहारको रौनक छ । ठाउँठाउँमा देउसीभैलो खेलिरहेका छन्, रमाइलो गरिरहेका छन् । तर, लक्ष्मणजस्तै सयौं भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन । भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको हम्पाका शाहीले बताए । उनले भने, ‘अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहार सँगै बसेर सुखदुःख साटिन्थो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले ब्रजपात पर्‍यो, खुसीसमेत लुटेर लग्यो ।’ तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको भल्माका हरिबहादुर ओलीले बताए । तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षित बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताए ।  त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले बताए । यो वर्ष तिहारले नछोए पनि विनाशकारी भूकम्पबाट बाच्न सफल भएकोमा भने मल्लले खुसी व्यक्त गरे । उनले पनि सम्बन्धित निकायलाई अस्थायी बसोवासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गरे । भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनःनिर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार सम्बन्धित स्थानीय तहलाई सोही बमोजिम तयारी गर्न भनिएको छ । भूकम्प प्रभावित क्षेत्रमा  तिहारलगतै अस्थायी पुनःनिर्माणको काम शुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

वर्सातमा कैदीबन्दीको बास त्रिपालमुनि

चितवन, २६ साउन । झमझम पानी परिहँदा यहाँको कारागारमा रहेका कैदीबन्दी त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् । दिनको चर्को घाममा समेत उनीहरुको बसाइ पालमुनि हुने गरेको छ । चितवन कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् भने वर्षात्का कारण उनीहरुलाई झनै समस्या हुँदै आएको छ । पक्की संरचनामा कैदीबन्दी नअटेपछि उनीहरुलाई बाहिर त्रिपालमुनि र पालीमा […]

हरेक वर्षामा त्रिपालमुनि रात बिताउन विवश

कैलाली । कैलालीको भजनी नगरपालिका–५ का बासिन्दा हरेक वर्षामा त्रिपालमुनि रात बिताउन विवश छन् । वडा नम्बर– ५ पुलियापुरी गाउँमा वर्षा सुरू भएसँगै डुबानमा पर्दा उनीहरू हुलाकी सडकमा त्रिपाल हालेर रात काट्न बाध्य छन् । कैलालीको भजनी नगरपालिका– ५ पुलियापुरीकी रितादेवी कामी हरेक वर्षामा हुलाकी सडक छेउमा त्रिपाल लगाएर बस्छिन् । सडकभन्दा माथि रहेको घर […]

त्रिपालमुनि राख्नु परेपछि भरतपुरबाट कैदीको स्थानान्तरण

२९ साउन, चितवन । भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जनाको क्षमता रहेको कारागारमा ७६५ कैदीबन्दी रहेका थिए । तीमध्ये दुई आश्रित बालिका छन् । कारागारभित्र नअटेपछि उनीहरुलाई बरण्डामा त्रिपाल टाँगेर […]

त्रिपालमुनि राख्नु परेपछि कैदीको स्थानान्तरण

काठमाडौँ,२९ साउन । भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जनाको क्षमता रहेको कारागारमा ७६५ कैदीबन्दी रहेका थिए । तीमध्ये दुई आश्रित बालिका छन् । कारागारभित्र नअटेपछि उनीहरुलाई बरण्डामा त्रिपाल टाँगेर राखिएको […]

पहिरापीडित त्रिपालमुनि बस्दै

काठमाडौँ,१२ साउन । कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । उनीहरु दुई वर्षदेखि चुरे–४ स्थित राष्ट्रिय वनमा अस्थायी टहरो बनाएर त्रिपालमुनि बस्दै आएका छन् । गत र अघिल्लो वर्षको साउनमा आएको पहिराले ती परिवार विस्थापित बन्न पुगेका थिए । गत कात्तिकको बेमौसमी वर्षाका कारण पहिरो […]

उदयपुरका आगलागीपीडितको त्रिपालमुनि वास

उदयपुरगढी गाउँपालिका– १ शिखरपुरका ओमबहादुर मगर लालाबालासहित त्रिपालमुनि रात बिताउन थालेको १७ दिन भयो । सुरक्षित वासको अझै अत्तोपत्तो छैन । ओमबहादुरसँगै शेरबहादुर मगर, भैरवबहादुर मगर, पदमबहादुर मगर, धनमाया मगर, डिकबहादुर मगर,...

बाढीले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिका– ६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् । २०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो । ‘गत वर्ष मंसिरदेखि चैतसम्म विद्यालय खुलेका थिए, घाम […]

डोजर चलाएर त्रिपालमुनि पुर्‍याएका सुकुम्बासीमाथि नगरपालिकाको अर्को अत्याचार

गत फागुन २७ गते घरमा डोजर चलाएर त्रिपालमुनि पुर्‍याएका सुकुम्बासीलाई दमक नगरपालिकाले त्रिपालबाट पनि हटाउने प्रयास गरेको छ । दमक–७ स्थित पञ्चमुखी टोलका सात घर सुकुम्बासीले त्रिपाल लगाएर बनाएको टहरा...

जंगलमा त्रिपालमुनि संक्रमितको बास

कोरोना संक्रमित सिंजा गाउँपालिका–२ घोडेङ्गा गाउँका स्थानीय चन्द्रवीर तिरुवा जंगलमा त्रिपालमुनि बस्न बाध्य भएका छन् । एक साताअघि पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएका तिरुवालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले होम आइसोलेसन अथवा स्थानीय तहको आइसोलेसनमा बस्न भन्दै घर पठाएको थियो ।तर पालिकामा ५ बेडको कोभिड अस्पताल भए पनि स्रोतसाधन केही नभएकाले बस्ने स्थिति रहेन । […]

पैयुँका आगलागीपीडतको त्रिपालमुनि बास

पर्वत : पैयुँ गाउँपालिका–६, सरौँखोलास्थित डाँडाकाहुँको आगलागीपीडित त्रिपालमुनि बस्न बाध्य भएका छन्। गत चैत २७ गते दिउँसो भएको आगलागीबाट आठ घर र १५ वटा गोठमा पूर्ण तथा आंशिक क्षति भएको थियो।घर, अन्न लगाउने लत्ता जलेपछि केहीको बास त्रिपालमुनि भएको छ। कोही भने जलेकै घरको बाँकी रहेको अंशमा त्रिपालले बेरेर रात कटाउन बाध्य भएका छन्। ‘हाम्रो त यस्तै हालत भयो हजुर के गर्नु? घर जल्यो, गोठ जल्यो, त्रिपालले बारेर बस्नुपरेको छ। घरमा अन्न र कपडा पनि केही छैन,’ पीडित कमला गौतमले भनिन्,