एमाले महाधिवेशन– तीनजना पछि हटेपछि सुदूरपश्चिमबाट खुला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेश भूगोलतर्फ पुरुष केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएका छन् । तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सदस्य निर्विरोध रुपमा चयन भएका हुन् । एमाले सुदुरपश्चिम भूगोल पुरुषतर्फ केन्द्रीय सदस्यहरु राजेन्द्र सिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना, भैरवबहादुर सिंह र लिलाधर भट्ट चयन भएका हुन् । […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन: ओलीको सूचीमा नपरेका चार केन्द्रीय सदस्य निर्विरोध

एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सूचीमा नपरेका ४ जना एमाले नेताहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित)

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका […] The post एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.