काठमाडौं : काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्व लक्षित महानगर क्षेत्रको बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गर्ने भएको छ। शुक्रबार महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अनुगमनका क्रममा खाद्यान्न, तरकारी, मरमसला तथा भाइ मसलाका सामान र फलफूल, फूल र मालासहित कृषिजन्य सामाग्री, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्य बस्तुको मूल्य र गुणस्तर हेरिनेछ। अनुगमन गर्ने निकाय धेरै भएकोले दि