ट्राफिक प्रहरीले अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज सवारी साधनमा गरेको विशेष यान्त्रिक ‘चेकिङ’का क्रममा अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको हो ।कार्यालय सहप्रवक्ता, प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले विशेष चेकिङका क्रममा अवस्था ठीक नभएका पानी ट्याङ्कर, फोर्स गाडी र टाटा सुमोलगायत सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए । यस्तै, कालो धुवाँ फाल्ने र हेन्ड ब्रेक ठीक नभएका आठवटा सवारी साध