जनकपुरधाम – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनुषामा सञ्चालित कार्यक्रम कार्यान्वयनमा उल्लेख्य सुधार हुन सकेको छैन। परियोजना कार्यान्वयन एकाइ धनुषाको अर्धवार्षिक प्रगति प्रतिवेदनअनुसार ६ महिनामा भौतिक प्रगति ४५ प्रतिशत भए पनि वित्तीय प्रगति भने २८ प्रतिशत मात्रै भएको पाइएको छ। जिल्लास्थित सरोकारवालासँग दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गर्न आज जनकपुरधाममा आयोजित कार्यक्रममा परियोजना कार्यान्वयन एकाइ […]