भारतको सहयोगमा त्रिवि केन्द्रीय पुस्तकालय भवनको निर्माण सुरु

काठमाडौँ– भारत सरकारको सहयोगमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनको निर्माण सुरु भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रूपमा पुस्तकालय निर्माणस्थलको भूमिपूजा गरेका हुन् । पुस्तकालय निर्माणका लागि भारतले ३१ करोड ६९ लाख रुपैयाँको सहयोग गर्न लागेको छ । भूमिपूजा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ […]