आउँदो भदौ २३ गते नेपाली कांग्रेसको महाधिवेशन भएको साढे पाँच वर्ष पूरा हुँदैछ । विधानतः चार वर्षमा गर्नुपर्ने महाधिवेशन विशेष कारण देखाएर थपिएको एक वर्ष पनि नगरी सकिँदैछ । महाधिवेशन हुने, नहुने अन्योल छ । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते आफ्नो प्रतिवेदन बुझाएको पनि एक हप्ता भइसक्यो ।