लगभग सकियो कमलपोखरी पुनःनिर्माण, उद्घाटनको तयारी

काठमाडौं :  ऐतिहासिक कमलपोखरी पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। कमलपोखरीको पुनःनिर्माण करिब–करिब सकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। कमलपोखरी सौन्दर्यीकरण योजनाअनुरुप ९ वटा चैत्यको आज (बुधबार) विधिवत प्रतिस्थापन गर्दै  महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण सकिन लागेको बताएका हुन्। काठमाडौं महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरी व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको महानगरको भनाइ छ। प्रमुख शाक्यले भने, &lsquo