तथ्यांकोवाच : घरायसी प्रयोजनका विद्युतीय सामग्रीको मागमा व्यापक वृद्धि हुने

काठमाडौं ।  नेपालमा कुल घरपरिवारमध्ये ९२ दशमलव १७ प्रतिशतले विद्युत्बाट बत्ती बाल्ने गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ । सौर्य ऊर्जाबाट बत्ती बाल्नेको हिस्सा ६ दशमलव ५९ प्रतिशत रहेको छ भने मट्टितेल र बायोग्यास प्रयोग गर्नेको संख्या क्रमशः शून्य दशमलव ५८ प्रतिशत र शून्य दशमलव शून्य ३ प्रतिशत रहेको छ । बत्ती बाल्ने स्रोतमा नगरपालिका र गाउँपालिकामा ठूलो विषमता देखिएको छ । नगरपालिकामा विद्युत्बाट बत्ती बाल्नेको हिस्सा ९५ दशमलव ६५ प्रतिशत देखिएको छ भने गाउँपालिकामा यो हिस्सा ८५ दशमलव शून्य ४ प्रतिशत रहेको छ । परन्तु सौर्य ऊर्जा प्रयोग गर्नेको हिस्सा भने नगरपालिका र गाउँपालिकामा क्रमशः ३ दशमलव ४४ र १३ दशमलव शून्य ५ प्रतिशत रहेको छ । हिमालमा सौर्य ऊर्जाबाट बत्ती बाल्नेको हिस्सा १९ दशमलव ८९ रहेको छ भने यो हिस्सा पहाड र तराईमा क्रमशः १० दशमलव शून्य ७ प्रतिशत र १ दशमलव ८६ प्रतिशत रहेको छ ।   हिमालमा विद्युत्बाट बत्ती बाल्नेको हिस्सा ७८ दशमलव ४५ रहेको छ भने यो हिस्सा पहाड र तराईमा क्रमशः ८८ दशमलव ८७ प्रतिशत र ९६ दशमलव ८० प्रतिशत रहेको छ । प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा विद्युत्बाट बत्ती बाल्ने घरपरिवारको हिस्सा सबैभन्दा बढी ९७ दशमलव ९० प्रतिशत छ भने कर्णालीमा सबैभन्दा कम हिस्सा ४९ दशमलव ६३ प्रतिशत रहेको छ । सौर्य ऊर्जाको प्रयोगमा भने स्थिति ठीक विपरीत रहेको छ । मधेश प्रदेशमा सौर्य ऊर्जाबाट बत्ती बाल्ने घर परिवारको हिस्सा शून्य दशमलव ८२ प्रतिशत रहेको छ भने कर्णालीमा सबैभन्दा बढी ४७ दशमलव ८९ प्रतिशत छ । उक्त तथ्यांकले नेपाल बत्ती बाल्ने दृष्टिकोणबाट पूर्णतया उज्यालो देशको रूपमा रहेको देखिएको छ । यस तथ्यांकले ऊर्जाको सहज र नियमित आपूर्ति भएको खण्डमा आगामी समयमा गार्हस्थ्य उत्पादन, जस्तै– हिटर, राइसकुकर, इण्डक्सन चुल्हो, फ्रिज लगायत विद्युतीय उपकरणको मागमा वृद्धि हुने देखिन्छ । साथै मुलुकमा चिम, बत्तीको मिटर, तार, होल्डर, प्लगसहित बिजुलीको काम गर्ने मेकानिक्सको मागमा पनि ठूलो वृद्धि हुने देखिन्छ ।

सम्बन्धित सामग्री

घरायसी विवादमा कुटीकुटी श्रीमतीको हत्या

झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीलाई कुटीकुटी हत्या गरेका छन् । पतिको कुटाईबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् । गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा …

माइडियाको घरायसी सामग्री बजारमा

चौधरी समूहले बढ्दै गएको जाडो यामलाई विचार गरी माइडिया ब्राण्डको घरायसी सामग्री बजारमा ल्याएको छ।...

सिजीले ल्यायो माइडिया ब्रान्डका जाडोका घरायसी सामग्री

नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका जाडोका घरायसी सामग्रीहरू बजारमा ल्याएको छ । कम्पनीले माइडियाका पानी तताउने केटल, विभिन्न किसिमका ओयल फिल्ड...

माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्री बजारमा

नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । माइडियाले सम्पूर्ण उपभोक्ताका लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू जस्तै पानी तातो बनाउन केटल, तपाईलाई न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको छ ।माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका कम्पनीको भनाइ छ ।

घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ

काठमाडौँ,२५ साउन । पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उनका अनुसार घरायसी झगडा हुँदा […]

घरायसी विवादमा श्रीमान्‌को मृत्यु, श्रीमती पक्राउ

चितवन – पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्‌को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उनका अनुसार घरायसी झगडा हुँदा ५४ […]

घरायसी विवादमा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उहाँका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको

चितवनमा श्रीमतीले अचानो प्रहार गर्दा श्रीमानको मृत्यु! घरायसी झगडाले लियो ज्यान

काठमाडौं : चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो। उनका अनुसार घरायसी झगडा हुँदा…

डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू नेपाली बजारमा

डीएचआई इलेक्ट्रोनिक्सले डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू नेपाली बजारमा भित्र्याएको छ ।

घरायसी विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या

अर्घाखाँचीमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।अर्घाखाँचीमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।