नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर तथा डिबेञ्चरमा गर्ने लगानीसम्बन्धी व्यवस्थामा महत्वपूर्ण संशोधन गरेको छ। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै सेयर तथा डिबेञ्चरमा लगानी गरेपछि बिक्री गर्न पाउने न्यूनतम अवधि ६ महिनाबाट घटाएर ४५ दिन बनाएको हो। यसअघि […]
काठमाडौँ । लोक सेवा आयोगले संघीय निजामती सेवा विधेयकमाथि आवश्यक परामर्श दिँदै सरकारलाई फिर्ता पठाएको छ। सरकारले परामर्शका लागि पठाएको विधेयकका १४८ वटै दफामाथि अध्ययन गरी आयोगले बिहीबार आफ्नो रायसहित सरकारलाई फिर्ता गरेको हो। सरकारले गत भदौ २४ गते विधेयक परामर्शका लागि लोक सेवा आयोगमा पठाएको थियो। करिब दुई साताको अध्ययनपछि आयोगले अवकाश, निवृत्तिभरण, उच्च […]
काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजना अघि बढाइएको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री साहले एलपी ग्यास अभावका कारण पहिचान गर्न ‘फिसबोन डायग्राम’ प्रयोग गरिएको जानकारी दिए । उनका अनुसार आयातमा निर्भरता, अन्तर्राष्ट्रिय मूल्य, […]
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गर्न राज्य प्रतिबद्ध रहेको बताएकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘नि:शुल्क कानूनी सहायता सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै यस्तो बताएकी हुन् । मन्त्री गौतमले यस विधेयकले परम्परागत कानूनी सहायता […]
काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सर्वसाधारणको राय तथा सुझावका लागि सार्वजनिक गरेको छ । मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण, सरोकार भएका निकाय तथा सम्बन्धित पक्षबाट राय तथा सुझाव मागेको हो । नेपाल सरकारको […]
काठमाडौँ। नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ । बिहीवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रश्ताव गरेको थियो । ललितपुरमा सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठकले उक्त प्रश्ताव अनुमोदन गरेको सचिव पद्या अर्यालले जानकारी दिइन् । उनले पार्टी सदस्यता प्रदान गरिसकेपछि भण्डारीलाई जिम्मेवारीविहीन राख्नु उपयुक्त नहुने भन्दै […]