ओलीको विश्लेषण : चोलेन्द्रलाई महाअभियोग एमालेलाई प्रहार

सत्ता पक्षका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि प्रतिपक्षी दल नेकपा एमाले तरंगित बन्यो । आइतबार साँझ नै बालकोटमा एमाले सचिवालयको बैठक बस्यो ।‘छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता भएको’ भन्दै एमाले नेताहरुले यसको कडा प्रतिवाद गर्ने प्रतिक्रिया दिए । सचिवालय बैठकले पनि चोलेन्द्रविरुद्ध दर्ता भएको महाभियोगको प्रतिवाद गर्ने निर्णय गर्यो । र, यसबारे सोमबार बस्ने संसदीय दलको बैठकले ठोस निर्णय लिने एमाले महासचिव शं