राजीनामाको जानकारी नआएको भन्दै लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल अगाडि बढाइएको छ । केही बेरअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेश प्रमुख कार्यालयबाट पत्र नआएकाले नियमित प्रक्रिया अघि बढाइएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभालाई जानकारी दिए ।