देश र जनताकाे पक्षमा बजेट ल्याउँदा किन विराेध ? राजीनामा दिन्नँ : अर्थ मन्त्री शर्मा

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आउँदो आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।  आज सोमवार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले आउँदो बजेट देश र जनताको पक्षमा ल्याएका कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । मन्त्री शर्माले आउँदो बजेट अर्थ मन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदको सुझावको आधारमा ल्याएको ...