नयाँ वर्षमा बुद्ध एयरको पोखरा–नेपालगञ्ज सिधा उडान

बुद्ध एयरले नयाँ वर्ष २०७५ सालदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गर्ने भएको छ। बुद्ध एयरले आइतबार आउँदो वैशाख १ (१४ अप्रिल)देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने घोषणा गरेको हो।