गुल्मी – कोरोनाबाट उत्पन्न सङ्कटलाई रोक्नका लागि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले आजदेखि ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर अन्तर्गत नयाँ प्रजातिको गुल्मीमा पनि सङ्क्रमण देखिएसँगै आम नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा सुरु गरिएको अभियानमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, जनप्रतिनिधि, राजनीतिक दलक...