इसेवा मनि ट्रान्स्फरको उपहार योजना सार्वजनिक

इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ’चाडपर्वको बहार दिनदिनै उपहार’ योजनाअन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ ।यस योजनाअन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पैसा पठाएका हजारौंमध्ये गोलाप्रथाद्वारा स्विडेनमा बस्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा भएका छन् । शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफरमार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए । उपहार विजेता […]

सम्बन्धित सामग्री

इसेवा मनि ट्रान्स्फरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक

इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा  बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सकिने कम्पनीले जनाएको छ।