देशभर फैलिँदै इलामको अलैँची

इलाम : इलामका उत्पादन भएको अलैँचीका विरुवा देशभर फैलिँदै गएका छन्। पहाडी भेगको ओसिलो ठाउँमा फल्ने ‘कालो सुन’ उपनामले चिनिने अलैँचीको परिचय यतिबेला फेरिएको छ। इलामबाट उत्पादन भएको अलैँचीको विरूवा देशका ४० भन्दा बढी जिल्लामा पुगेको छ।पछिल्लो समय तराई क्षेत्रमा पनि अलैँचीको व्यावसायिक खेती सुरु भएकाले यसको परिचय फराकिलो बन्दै गएको हो। झापाको बुद्धशान्ति गाउँपालिकाको भोटेटार, होक्से र जयपुरका किसानले व्यावसायिक अलैँची खेती गर्दै आएका छन्। उनीहरूले सुक्खा जमिनमा हुने ‘सलकपुरे’

सम्बन्धित सामग्री

नेपाली अलैँची कतार 'एक्सपो' मा

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिका ६ मा फलेको अलैँची कतारको राजधानी दोहामा प्रदर्शनीमा राखिएको छ । फुङलिङ नगरपालिका ६ का भीमबहादुर गुरुङले उत्पादन गरेको अलैँची पुष्पलाल ओझाले जिल्ला  सदरमुकाममै ग्रेडिङ गरेका थिए । ताप्लेजुङमा फल्दै यही ग्रेडिङ भएर झापाको बिर्तामोडमा प्याकेजिङ गरिएको थियो ।  ताप्लेजुङ, झापा हुँदै गएको अलैँची कतारको राजधानी दोहामा सञ्चालित पाँच दिने प्रदर्शनीमा पुर्‍याइएको थियो । देशभर उत्पादन भएको अलैँची धेरैजसो खाडी देशहरू साउदी अरेबिया, कतार,  दुबईमा पुग्न...