खार्पुनाथ गाउँपालिकाका विद्यार्थीमा पनि देखियो ठेउलाको लक्षण

सिमकोट – खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायका विद्यार्थीमा ठेउलाको लक्षणसँग मिल्नेजुल्दो (चिकेनफक्स) रोगको लक्षण देखिएको छ। उक्त रोग एक महिनादेखि विद्यार्थीमा देखिँदै आएको हो। विद्यालयका सूचना अधिकारी टेकबहादुर बुढाका अनुसार ५०–६० जना विद्यार्थीमा यो रोगको लक्षण देखिएको छ। उनले कुनै विद्यार्थीको घाँटीभित्र पनि खटिरा देखिएका कारण खानपिन गर्न नसकिने अवस्था आएको बताए। उक्त रोग […]

सम्बन्धित सामग्री

कांग्रेस हुम्लाको बैठक खार्पुनाथ शिवालयमा बस्ने

सिमकोट – कांग्रेस जिल्ला कार्यसमितिको बैठक खार्पुनाथ गाउँपालिका– ५ को शिवालयमा बस्ने भएको छ। पवित्र धार्मिकस्थल भएका कारण कांग्रेस हुम्लाले पहिलो पटक सदरमुकाम सिमकोटबाहिर जिल्ला कार्यसमितिको बैठक उक्त स्थानमा राखेको हो। कांग्रेस उपसभापति वसन्त रोकायाले धार्मिक स्थलमा जिल्ला कार्यसमितिको बैठक सञ्चालन गर्दा सकारात्मक सन्देश जाने ठहर पार्टी बैठकले गरेअनुसार यस पटकको नियमित बैठक खार्पुनाथ शिवालय […]

धमाधम पूर्वाधार संरचनाको निर्माणपछि खार्पुनाथ शिवालयको स्वरूप परिवर्तन हुँदै

सिमकोट- हुम्ला जिल्लाकाे प्रसिद्ध शिवमन्दिरमा पर्ने खार्पुनाथ शिवालयको पहिलेको स्वरूपमा परिवर्तन आएको छ। खार्पुनाथ गाउँपालिका- ५ को खर्पेलगाउँका पूर्ववडा अध्यक्ष भीमराज शाहीले धेरै संरचना नयाँ निर्माण भएपछि प्रसिद्ध धार्मिकस्थल खार्पुनाथ शिवालयको स्वरूपमा परिवर्तन आएको जानकारी दिए। भक्तजनहरूलाई पूजापाठ गर्न सहज बनाउन र धार्मिक पर्यटकहरू आकर्षित गर्नका लागि विगत पाँच वर्षयता नयाँ संरचना निर्माण भइरहेका छन्। […]

हुम्लाको खार्पुनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका

हुम्लाको खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। गाउँपालिकाभित्रका सबै बालबालिकालाई पूर्ण खोपको दायरामा ल्याएर औपचारिकरुपमा घोषण गरिएको हो। ‘स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता ः पूर्ण...

पूर्ण खोप सुनिश्चितता घोषणामा खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो

हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले पाँचवटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्

खार्पुनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा (तस्बिरसहित)

सिमकोट – हुम्लाका सातमध्ये खार्पुनाथ गाउँपालिका पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाहरुले पाँच वटै वडाका बस्तीमा बालबालिकाहरुलाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिकाभरिका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएपछि […]

खार्पुनाथ गाउँपालिकाले स्वास्थ्यचौकीलाई दियो आर्थिक अधिकार

हुम्लाको  खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिका मातहतका स्वास्थ्य चौकीलाई आर्थिक अधिकार हस्तान्तरण गरेको छ। पालिकाको स्वास्थ्य शाखाले कार्ययोजना निर्माण  गरी आर्थिक अधिकार स्वास्थ्य चौकीलाई नै हस्तान्तरण गरेको हो। पालिकाभित्रका ६ स्वास्थ्य...

खार्पुनाथ गाउँपालिका केन्द्र जाने तुुइन विस्थापित

सिमकोट – खार्पुनाथ गाउँपालिका केन्द्र जाने तुुइन विस्थापित भएको छ। यसअघि गाउँपालिका केन्द्र जान अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारी र सर्वसाधारण तुुइन तर्दै आएका थिए। खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चुु बजार जाने कर्णाली नदीमाथि झोलुुंगे पुल बनेर केही समयअगाडि सञ्चालनमा आएपछि तुुइन विस्थापित भएको हो। गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावलले अघिल्लो कार्यकाल तुुइन तरेर बिते पनि पछिल्लो […]

खार्पुनाथ गाउँपालिका अध्यक्ष रावलका पाँचवटा प्रतिबद्धता

सिमकोट- खार्पुनाथ गाउँपालिकामा दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएपछि कर्णबहादुर रावलले पाँचवटा प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कार्यभार सम्हालैलगत्तै सार्वजनिक गरेका आगामी पाँच वर्षसम्म गरिने प्रतिबद्धतामा पाँचवटै वडामा सडकसञ्जाल जोड्ने, प्रत्येक वडामा विद्युत पुर्‍याउने, एक घर रोजगारको व्यवस्था गर्ने, दिगो भौतिक संरचनाको विकास गर्ने र शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिई दिगो विकास गर्ने […]

खार्पुनाथ–१ को वडाध्यक्षमा कांग्रेसका जयबहादुर शाही निर्वाचित

सिमकोट – स्थानीय तह निर्वाचनमा खार्पुनाथ गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका जयबहादुर शाही निर्वाचित भएका छन्। नेकपा एमालेका हिरालाल जैसीलाई पछि पार्दै शाही वडाध्यक्षमा विजयी भएका हुन्। खार्पुनाथ गाउँपालिकाको सहायक निर्वाचनअधिकृतको कार्यालयकाअनुसार ४६९ मत ल्याएर गठबन्धन दलबाट नेपाली कांग्रेसका शाही वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जैसीले १९६ मत ल्याए। उक्त वडाको अन्य […]

खार्पुनाथ–४ को वडाध्यक्षमा रंगमति शाही निर्विरोध निर्वाचित

सिमकोट – खार्पुनाथ गाउँपालिका–४ को वडाध्यक्षमा रंगमति शाही निर्विरोध निर्वाचित भएकी छन्। उक्त पदका लागि शाहीसहित तीन जनाले उम्मेदवारी दिएकामा दुुई जनाले आफ्नो मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन्। खार्पुनाथ गाउँपालिकाको निर्वाचन अधिकृत कमलकुमार आचार्यले वडा नम्बर ४ को वडाध्यक्षका लागि तीन जनाको मनोनयन दर्ता भएकामा दुुई जनाले मनोनयन फिर्ता लिएपछि शाहीको एकल […]