नाइजेरियामा तेल प्रशोधन केन्द्रमा विस्फोट हुदा १०० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको यहाँका अधिकारीहरुले जनाएका छन् । नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइ आएको पाइएको बताइएको छ ।