जमेको पानी निकास गराउने क्रममा स्थानीयसँग झडप, १० प्रहरी घाइते

धनगढी : कैलालीको धनगढीमा जमेको पानी निकास गराउने विवादले उग्र रूप लिँदा स्थानीय र प्रहरीबीच झडप भएको छ। धनगढी उपमहानगरपालिका-३ को हाटबजार, विद्युत् कार्यालयलगायत क्षेत्रमा जमेको पानी वडा नम्बर २ हुँदै मोहना नदीतर्फ निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको हो। स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्रका समेत गरेर १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घाइतेहरूको सेती प्रादेशिक अस

सम्बन्धित सामग्री

झडप हुँदा १३ प्रहरी घाइते

धनगढी उपमहानगरपालिका–  ३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा आज साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् । वडा नं ३ र २ को बीचमा पर्ने ‘छ लेन’ सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने क्रममा २ नम्बरका वडावासीले अवरोध सिर्जना गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । त्यस क्रममा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी राउण्ड अश्रुग्यासको प्रयोग गर्नुपरेको अधिकार...

धनगढीमा प्रहरी र स्थानीयबीच झडप, १२ प्रहरी घाइते

धनगढी उपमहानगरपालिका–३ को हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको छ ।