प्रतिनिधि सभा बैठकमा एमाले सांसदको होहल्ला र नाराबाजी

प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् । सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताए । उनले जनताका जल्दा बल्दा समस्या बाढी पहिरो, जनताका विभिन्न समस्याका बारेमा बोल्न खोजेको बताउँदै एमाले सा