सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पनि सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गरेका थिए ।लगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गरेका हुन् । ‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ,&rsquo