सडक अतिक्रमण हटाउन नगरप्रमुखकै घरमा चलाइयो डोजर

मलंगवा : मलंगवा नगरका नगरप्रमुखकै घरमा डोजर चलाएर सडकको अतिक्रमण हटाउन शुरु गरिएको छ। स्थानीयले सडकको १५ मिटरभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन आनाकानी गर्दा लामो समयदेखि सडक विस्तार ठप्प रहेको थियो।नगरप्रमुख नागेन्द्रप्रसाद यादवकै घरमा मंगलबार दिउँसो डोजर चलाई सडकभित्र पर्ने संरचना भत्काइएको हो। मलंगवास्थित जिल्ला समन्वय समिति (साविक जिविस) चोकदेखि बसपार्कसम्मको सडक यसअघि नै १५ मिटर कायम गरी ढलान भइसकेको छ।त्यहाँदेखि अगाडि भने घर भत्काउने क्रममा विवाद हुँदा काम रोकिएको थियो।

सम्बन्धित सामग्री

सडक अतिक्रमण गरी बनाइएका घरटहरामा महानगरको डोजर

तीनकुने वाग्मती करिडोरमा सडक अतिक्रमण गरी बनाइएका संरचना काठमाडौं महानगरले भत्काउन सुरु गरेको छ । आइतबार महानगरले उक्त क्षेत्रमा बनाइएका घर-टहरामाथि डोजर चलाएको हो ।

बेनी नगरका मेयर केसीले लगाए आफ्नै विद्यालयको पर्खालमा डोजर

बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका–७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन्।...

कालिकापथ र नेपालगञ्जरोड जोड्न बुटवल उपमहानगरले भत्कायो पर्खाल

५ साउन,बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्ने ठाउँमा सडक अतिक्रमण गरी बनेका संरचनामा डोजर चलाएको छ । लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो। हालसम्म लुम्बिनी प्रादेशिक अस्पतालले उक्त निकासमा पर्खाल लगाएको थियो ।  अस्पताल विकास समिति र कालिका मन्दिर […]

महानगरले भत्कायो माइतीघर क्षेत्रका अव्यवस्थित घरटहरा

काठमाडौं : काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा रहेका अव्यवस्थित घरटहरामा डोजर चलाएको छ। महानगरपालिकाले माइतीघरदेखि थापाथलीतर्फ जाने मोडमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएको हो। सो मोडमा चिया खाजा पसल, फलफुल पसल लगायत थिए। काठमाडौंको मेयरमा निर्वाचित भएदेखि नै बालेन शाहले पालिकाभित्रका सडक अतिक्रमण गरी बनाइएका घरटहराहरु भत्काउन सुरु गरेका हुन्।

वीरगंजको मनियारीमा पनि चल्यो महानगरको डोजर

वीरगंज : वीरगंज महानगरपालिकाको वडा नम्बर २२ मनियारीमा सडक अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाइएको छ। अतिक्रमण गरि बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो। गण्डक चोकबाट मनियारी हुँदै राजमार्ग जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा…

मनियारीमा हटाइयो सडक अतिक्रमण गरी बनेका संरचना (तस्बिरसहित)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका- २२ मनियारीमा बुधबार सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको छ। अतिक्रमण गर‍ी बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो। गण्डक चोकबाट मनियारी हुँदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध आएपछि महानगरको टोलीले अतिक्रमण गरि […]

बर्दिबासमा अतिक्रमित सडक खाली गर्न डोजर लिएर निस्के वडाध्यक्ष

महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिका वडा न.६ का वडाध्यक्ष पदम आले मगरले अतिक्रमण गरेको सडक खाली गर्न थालेका छन् । उनी अतिक्रमण गरेको सडक खाली गराउन डोजर लिएर निस्कन थालेका हुन् । वडाको हनुमानचोकदेखि बर्दिबास रातु पुलसम्म आउने सडकको दायाँबायाँ १०/१० फिट सडक खाली गराएको अध्यक्ष मगरले जानकारी दिए । ‘सडकको दायाँबायाँ १०/१० फिट सडक अतिक्रमण […]

गोदावरी नगरपालिकामा चल्यो डोजर

धनगढी- पछिल्लो समय देशभर नै सडक अतिक्रमण गरी बनाएका संरचना हटाउने कार्य थालनी भएको छ। विशेष गरी स्वतन्त्र निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरू अझ एक्सनका साथ अगाडि बढेका छन्। काठमाण्डौँ, धरान र धनगढीलगायतका सहरमा अतिक्रमण गरी बनाएका संरचना हटाउने कार्यले तिव्रता पाएको छ। धनगढीको मुख्य सडकमा तीव्र रूपमा काम भइरहेको छ। यस्तै, राजनीतिक दलहरूबाट निर्वाचित […]

धनगढी बजारमा चल्यो उपमहानगरको डोजर [भिडियाे]

धनगढी उपमहानगरपालिकाले धनगढीको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको छ। उपमहानगरले बुधबारबाट डोजर लगाएर त्यस्ता संरचना हटाउन सुरु गरेको हो।  सडक विस्तार गर्न धनगढीका मेयर गोपाल हमाल...

धनगढी बजारमा चल्यो उपमहानगरको डोजर

धनगढी उपमहानगरपालिकाले धनगढीको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको छ। उपमहानगरले बुधबारबाट डोजर लगाएर त्यस्ता संरचना हटाउन सुरु गरेको हो।  मुख्यबजारस्थित कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक फराकिलो...