मधेस प्रदेशको नाम राजपत्रमा प्रकाशित

मधेस प्रदेश सरकारले आफ्नो नाम प्रदेश राजपत्रमा प्रकाशित गरेको छ । सबै निकायलाई उक्त नाम कार्यान्वयन गराउन आग्रह गर्दै मधेस प्रदेशले आफ्नो नाम राजपत्रमा प्रकाशित गरेको हो ।प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ ख बमोजिम दर्ता भएका प्रस्तावहरूमध्ये प्रदेशको नाम राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।'प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य