प्रधानमन्त्रीलाई बुझायो नेकपा (एस) ले मन्त्रीको नामावली

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाइ बुझाएको छ। समाजवादीले विरोध खतिवडा, रामकुमारी झाँक्री,प्रेम आले, किसान श्रेष्ठ र भवानी खापुङको नाम शुक्रबार प्रधानमन्त्रीलई बुझाएको हो । प्रधानमन्त्री सचिवालय स्रोतले दिएको जानकारी अनुसार खतिवडा, झाँक्री, आले र श्रेष्ठ मन्त्री हुन् भने खापुङ राज्यमन्त्रीका लागि सिफारिस भएका हुन् ।