६ पुस, काठमाडौं । खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा सवा करोडभन्दा बढी डोज कोरोना खोप सरकारी भण्डारण कक्षमै थुप्रिएको पाइएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएपछि बुस्टर डोज लगाउनुपर्ने माग उठिरहेको छ । जनस्वास्थ्य विज्ञहरुले हरेक नागरिकलाई कम्तीमा एक डोज खोप दिनुपर्ने र फ्रन्टलाइनलाई बुस्टर दिनपर्ने सुझाव दिएका छन् । […]