अवैध रूपमा भारतीय च्याउ भित्रिँदा किसान मर्कामा

 भारतबाट  अवैध  र  न्यून भन्सार  महसुलमा  च्याउ  भित्रिने  गरेकाले  नेपाली किसान मर्कामा परेका छन् । च्याउ उत्पादक किसान सङ्घ नेपालले अवैध रूपमा भारतबाट भित्रिरहेको च्याउमा  रोक  लगाउन  माग  गरेको  छ ।   सङ्घका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीले विज्ञप्ति जारी गर्दै नेपाली  च्याउ  विस्थापित  गर्नेगरी  भारतबाट  च्याउ भित्रिइरहेकाले  यसलाई  रोक्न  माग  गरेका हुन् । च्याउ  उत्पादक  किसान &...