धान फल्ने खेतमा केराखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रूपमा केराखेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबालीजस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केराखेती गरिएको कृषकले बताएका छन् । केही वर्षअघिसम्म परम्परागत रूपमा खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैंचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केराखेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताए । कार्कीले खेतका गह्रामा २ हजार ओटा केराका बिरुवा लगाएका छन् । त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । ‘खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको हुँ,’ थापाले भने । यहाँका सबै कृषकले केराखेती गरेका छन्, गाउँको करीब २० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ । खाद्यबाली हुने जमीन बाझिँन थालेको अवस्थामा केराखेती उपयुक्त विकल्प बनेको स्थानीयवासी कृष्णप्रसाद रिजालले बताए । यहाँका कृषकले हजार केराका करीब पाँच बिरुवा लगाएका छन् । पकाएको प्रतिदर्जन १०० रुपैयाँको दरले विक्री हुने गरेको छ । एउटै घारीबाट १ हजार कोसासम्म उत्पादन लिन सकिने कृषकको भनाइ छ । उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केरा खेतीका लागि अनुकूल मानिन्छ । बेनी नजीकै भएकाले कृषकलाई बजारको समस्या छैन ।

सम्बन्धित सामग्री

इलाममा धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

२५ फागुन, इलाम । व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए । ‘मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ,’ उनले भने, ‘प्रतिघरी रु सात सय […]

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

फिक्कल (इलाम)- व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए ।   'मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ', उनले भने...

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

इलाम । व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए। “मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ”, उनले भने “प्रतिघरी रु सात सय ५० सम्ममा घरैबाट […]

म्याग्दीमा केराखेती फस्टाउदै, ५ गुणा बढी आम्दानी गर्न कृषक सफल

म्याग्दी । म्याग्दीका ३ वटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरी अहिले केरा खेती गरिएको छ । व्यासायिक रुपमा गरिएको केराखेतीबाट साेही गाउँका कृषकले अन्नबालीको तुलनामा ५ गुणा बढी आम्दानी लिन थालेका छन् । कृषकहरुले वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । कृषकहरुले १२ देखि १७ रोपनी खेतमा ६ सय […]